Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

विश्व

उत्तर कोरियाले बाइडेनलाई भन्यो : ‘बुढो र कमजोर’



एजेन्सी । उत्तर कोरियाको राज्य स्वामित्वका मिडियाहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बुढो र कमजोर भएको उल्लेख गरेका छन् । उनको बुढोपना र कमजोरीले उनकै बौद्धिकताको विभागमा समस्या देखा परेको जनाइएको छ । रुसमा अमेरिकी प्रतिबन्ध उनकै लागि ‘ब्याक फायर’का रुपमा काम गर्ने अधिकारिक समाचार संस्था केसीएनएलेले जनाएको छ । यसले वासिङटन विश्व मञ्चमा ‘फाइनल लुजर’ हुने उल्लेख गरेको छ ।

‘युक्रेनमा भएको युद्ध अपराधको आरोप रुसलाई लगाएर अमेरिकाले रुसको बेइज्जत गर्न र उनको शासनको अन्त्य गर्न खोजेको छ,’ लेखमा दाबी गरिएको छ । यसले अमेरिकाले अफगानिस्तान, इराक र युगोस्लाभियामा लाखौं निर्दोशलाई मारेको अरोप लगाउदै रुसभन्दा पहिलो युद्ध अपराधी अमेरिका भएको उल्लेख गरेको छ ।

हालै मात्र किभले आफ्ना पश्चिमा समर्थकहरु रुसविरुद्ध युद्ध अपराध गरेको आरोप लगाएको जनाएको छ । रुसले बुचामा ठूलो संख्यामा नागरिक मारेको आरोप लगाएको छ । मस्कोले यो आरोपको खण्डन गर्दै आएको छ । यो प्रमाण युक्रेनले प्रोपोगान्डाको रुपमा तोडमोड गरेको आरोप रुसले लगाएको छ । क्रेमलिनले यो घटनामा यूएनको अनुसन्धानका लागि अनुरोध गरेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी भएको आरोप लगाउदै उनी बुचाको घटना भन्दा अगाडि पनि सत्तामा रहिरहन नहुने बताएका थिए ।

उत्तर कोरियाका अधिकारी र लेखहरुको अमेरिकी राष्ट्रपतिहरुमाथि आक्रमण गर्ने लामो इतिहास पनि रहेको छ । यसले अमेरिकी राष्ट्रपति बाइडेनलाई भन्दा अगाडि पनि डोनाल्ड ट्रम्पलाई आधा सुकाइएका मानिस र अशिक्षित मानिस भएको बताएका छन् ।

विदेशी शत्रुहरुलाई प्रतिबन्ध लगाउने अमेरिकी नीतिको प्योङयाङले सधै आलोचना गर्दै आएको छ । उत्तर कोरिया स्वयं पनि अमेरिका, ईयू र यूएनको प्रतिबन्धका मार खेप्दै आएको छ । यो विशेष गरी उसको परमाणु शक्तिको विषयमा रहदै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ०५ बजे