Logo

विश्व

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क युक्रेन पुगेर राष्ट्रपति जेलेन्स्कीलाई भेटेर फर्किए



काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार युद्वग्रस्त मुलुक युक्रेन पुगेका छन् ।

जोन्सन सुटुक्क युक्रेनी राजधानी कीभ पुगेका हुन् । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो ।

जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय सर्वसाधारणसँग पनि भेट गरेका थिए । युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिंदै जोन्सनले कुल ७७ करोड पाउण्ड बराबरको ऋण सहयोग दिने बताएका छन् ।

बेलायतले दश करोड पाउण्ड बराबरको हतियार सहयोग गर्ने घोषणा गरेलगत्तै जोन्सन कीभ पुगेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ३८ बजे