Logo

समाचार

राजपुरका मेयर एमालेमा प्रवेश



काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अख्तर एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् ।

अख्तरसहित अन्य दुई वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ५२ बजे