Logo

विश्व

छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड



काठमाडौं । इण्डोनेसियाको अदालतले बलात्कारको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

एक मदरसामा अध्ययनरत् १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको हो ।

सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला गरेको हो ।

पश्चिम जाभाको बाडुङ्गस्थित अदालतले गत फेब्रुअरीमा ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएकोमा पीडित पक्षले मृत्युदण्डको माग गर्दै अपिल गरेका थिए ।

गत उक्त अदालतले सोमबार शिक्षक विरावन विरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ५७ बजे