Logo

समाचार

राजा हुँदा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलाएः प्रवक्ता शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा हुँदा देशमा न्याय हुने गरेको, तर अहिले अन्याय फैलिएको बताएका छन् ।

‘राजा हुँदा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलाएका छन्,’राप्रपा रुपन्देहीले सोमबार आयोजना गरेको आमसभामा उनले भने,‘अब जनता न्याय माग्न कहाँ जाने ?’ तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसको हिसाब जनताले लिनुपर्ने बताए ।
बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको उल्लेख गर्दै प्रवक्ता शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले राष्ट्रघातीलाई कहिल्यै नस्वीकार्ने सुनाए । देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको हुने उनको भनाई छ ।

विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘यसका लागि राप्रपाले यो देशको नेतृत्व गर्ने प्रवक्ता शाहीको भनाई छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : २४ बजे