Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, डेढ अर्बको पनि भएन कारोबार



काठमाडौं : कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि अन्तिम कारोबार दिन (बिहीबार) को तुलनामा घटेको हो। यसदिन २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा खरिदबिक्री भयो।

यसअघि अन्तिम कारोबार दिन बिहीबार २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन सेन्सेटिभ इण्डेक्स पनि ६.४४ अंकले बढेर ४६९.०३ विन्दुमा अडेको छ। नेप्से सूचक २५१३.४१ विन्दुमा पुगेको सेयर बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्र उत्थान लघुवित्तीय संस्थाको १० प्रतिशत, इमर्जिङ नेपालको ९.९९ र नेष्डो स्मृद्धि लघुवित्तीय वित्तको ९.९९ प्रतिशतले मूल्य बढ्यो।

कारोबार आएका १३ समूहमध्ये १२ समूहको सूचक घटेको छ। अन्य समूहको सर्वाधिक ३.१३ प्रतिशतले मूल्य ओरालो लाग्यो। जीवन विमाको १.५२, वित्तको १.५१, निर्जीव विमाको १.४३, लघुवित्तको १.५२ र लगानीको १.४२ र व्यापार समूहको १.१९ प्रतिशतले सूचक ओरालो लाग्दा मनु एन्ड प्रो ०.८४, बैंकिङको ०.५१ र होटल तथा पर्यटनको ०.७७ प्रतिशतले घट्यो।

१२ समूहको सूचक ओरालो लागेको बजारमा सामूहिक लगानी कोषको सूचक प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा यसदिन सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको सेयर कारोबार भयो भने नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भयो।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ३७ बजे