Logo

Breaking News 1

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यूगिनीलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको योगदान गरे । उनको यो पा“चौ अर्धशतक हो । उनी नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

करण केसीले १२ बलमा अविजित ३३ रन बनाए । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । आरिफ शेख र दिलिप नाथ शून्य रनमै आउट भए ।आदिलले १५ रन जोडे ।

पीएनजीका सेमो कामेयाले एकै ओभरमा ३ विकेट लिएका थिए । उनले ११ औं ओभरमा आशिफ, आरिफ र दिलिप नाथको विकेट हात पारेका थिए । चाड सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ४२ बजे