Logo

Breaking News 1

दीपेन्द्र एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी



काठमाडौँ । नेपाल क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत फाइनलमा पपुवा न्यूगिनीविरुद्धको खेलमा दीपेन्द्रले एक हजार रन पुरा गरेका हुन् ।

उनले ३९ औं टी–ट्वान्टी खेलमा हजार रन पुरा गर्न सफल भए । एक हजार रन पुरा गर्न पीएनजीविरुद्ध दीपेन्द्रलाई २१ रनको आवश्यकता थियो ।

दीपेन्द्रले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक शतक र चार अर्धशतक पुरा गरेका छन् । उनी एकै खेलमा सर्वाधिक १ सय १० रन बनाउने नेपाली खेलाडी पनि हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : ५३ बजे