Logo

मुख्य समाचार

माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध ओलीले दायर गरेको रिटको पेसी २७ चैतमा



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ ।

न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सरेको हो ।

इजलासमा पक्ष र विपक्षका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले मुद्दा आफूले हेर्न नमिल्ने जानकारी गराएका थिए ।
उनले यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले यस मुद्दाको सुनुवाइमा बस्न नमिल्ने बताएका हुन् ।

उनले इजलासमा नबस्ने भनेपछि निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ०७ बजे