Logo

Breaking News 1

प्रधानमन्त्री देउवाले गरे विश्वनाथ मन्दिरमा पुजाअर्चना



काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् ।

पुजामा देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा पनि सहभागी भएका थिए ।

साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए ।

नयाँ दिल्लीबाट आइतबार बिहान बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए ।

प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : ३२ बजे