Logo

खेलकुद

कुमको हड्डी भाँचिएपछि कमलसिंह ऐरीको शल्यक्रिया, ६ साता मैदान बाहिर



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डी भाँचिएको हो । खेल दौरान उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ । कमलको शल्यक्रिया डा‍ निरज केसी र डा। निरञ्जन सुवेदीको टिमले गरेको हो ।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो ।

फाइनल खेल सोमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : १० बजे