Logo

कला/साहित्य

‘टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८’ अन्तिम चरणमा, आज सम्पन्न हुने



काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्वारा आयोजित ‘टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८’ आज (आइतबार) सम्पन्न हुँदै छ । गत चैत्र १६ गते देखी सुरु भएको रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता आज सम्पन्न हुन लागेको हो ।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८’ मा जम्मा ६१ समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको चौथो दिन (शनिबार) पहिलो चरणको दोहोरी गीत प्रतियोगिता सम्पन्न भएर पनि दोस्रो चरणको प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता चैत्र २० (आज) गते हुने आयोजकले जानकारी दिएको छ । चैत्र १९ गते प्रतियोगिता सम्पन्न गर्ने आयोजकको कार्यतालिका भएतापनी चैत्र १९ गते एक दिन म्याद थप भएर २० गते (आज) सम्पन्न हुने भएको छ । प्रतियोगीहरु बिच कडा प्रतिस्पर्धा भएको कारणले एक दिन म्याद जनाइएको छ ।

प्रतियोगिता सँगै बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहने छन् भने निवर्तमान केन्द्रिय अध्यक्ष बद्री पंगेनी सह – संयोजक रहेका छन् । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहने छन् ।

प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगितामा झन कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता सुरु भएदेखि हाल सम्म आउने दर्शकहरु, मुख्य प्रायोजक, प्रायोजक, सह प्रायोजक, सहयोगीदाताहरु प्रती आभार प्रकट गर्दै प्रतियोगिताको अन्तिम दिन (चैत्र २० गते) पनि सबैले साथ दिनुहुने छ भन्ने आशा रहेको केन्द्रिय अध्यक्ष रमेश बिजिले बताए ।

साथै प्रतियोगी बिजेताहरुलाई कार्यक्रम सकिए पश्चात बिजयी घोषणा गर्ने र निर्धारित पुरस्कार बितरण गरिनुका साथै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने अन्य संघ संस्थाहरु तथा ब्यक्तिलाई पनि सम्मान गरिने कुरा आयोजकले जनाएको छ ।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८’ को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८’ को अन्तिम चरण (चैत्र २० गते) जम्मा १२ समूह बिच प्रतिस्पर्धा गराईने जानकारी गराउदै प्रतियोगी समूह बिहान ९ बजे भित्र उपस्थित हुनका लागि प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष एबम प्रतियोगिताका निर्णायक संयोजक चन्द्र शर्माले अनुरोध गरेका छन् ।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु २ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु १ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु। १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ५७ बजे