Logo

समाचार

आज चट्याङसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल भारतको बिहार देखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज (आइतबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही पहाडी भू–भाग केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

साथै तराई भू–भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ०२ बजे