Logo

बागमती प्रदेश

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत



ललितपुर । ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ३८ बजे