Logo

खेलकुद

आइपीएलः लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार



काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा कप्तान केएल राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।

चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए ।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान २ विकेट लिए ।

हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।

जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ५३ बजे