Logo

खेलकुद

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो



काठमाडौं । एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका थिए ।

यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो पटक छनोट भएको थियो । यसअघि ७७ सालको लिग उपाधि जितेपछि मछिन्द्र एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगिता खेल्न बंञ्चित भएको थियो ।

यो खेलको विजेताले दोस्रो चरणको खेलमा भारतको मोहन बगानको सामना गर्नेछ । यस खेलको विजेताले समूह चरणमा स्थान बनाउने छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ४ : २० बजे