Logo

गण्डकी प्रदेश

मुगुमा शनिवारदेखि एक हप्ता विद्युत अवरुद्ब



मुगु । मुगुमा आगमी शनिवारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत विहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका प्रमुख दिनेश पौड्यालले यसबाट पर्ने असुविधाप्रति प्राधिकरण क्षमा चाहने बताए ।

यहाँका ग्राहकले यसअघि पनि पटक पटक विद्युत सेवामा समस्या झैल्दै आइरहेका छन् । मेसिनले राम्रो काम नगर्नु कहिले पानीको मुहानमा समस्या देखिनु जस्ता पीडा भोग्दै आइरहेका छन् । यस्तो सास्ती खेपिरहदा यहाँका राजनितिक दल, स्थानीय तहलगायत निकायले पहलकदमी नरहेको स्थानीयको आरोप छ ।

जिल्लाका करिब १० हजार घरधुरीलाई लक्षित गरी गमगाढ साना जलविद्युत आयोजना स्थापना भएको हो ।

सदरमुकाम गमगढी बजारसहित अन्य बस्तीमा विद्युत सेवा समस्या आइरहदा मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेको हुम्लाको सर्केगाड गाउपालिका-१ का नरजंग बमले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ४९ बजे