Logo

अर्थ

महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश


२८ कार्तिक २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नसक्ने जनाइएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०८३, शुक्रबार  १२ : ०६ बजे