Logo

मुख्य समाचार

गण्डकीका अधिकांश स्थानमा वर्षा


१५ कार्तिक २०८३, शनिबार  

0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ९ः१३ बजेसम्म गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यस्तै, बागमती र कर्णाली प्रदेशका केही स्थान, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा तनहुँ जिल्लाको साखरमा मापन भएको छ। साखरमा ३६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, शनिबार  ११ : ३४ बजे