काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कोशी, मधेस, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले खोला तथा नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, अत्यावश्यकबाहेक यात्रा नगर्न र मौसम तथा विपद्सम्बन्धी पूर्वसूचनामा ध्यान दिन अनुरोध गरिएको छ।









प्रतिक्रिया