काठमाडौं । संघीय संसद्अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक आज बुधबार बस्दैछ।
अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक भने बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा समितिका पूर्वसभापतिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।








प्रतिक्रिया