काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १३४, हर्न निषेधमा २५, लेन क्रसमा ३३, अवस्था ठिक नभएको २७, एकतर्फीमा २ र अन्यमा ४९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।








प्रतिक्रिया