Logo

अर्थ

सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : ०० बजे