काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा लगायत देशका विभिन्न स्थानमा २०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि कम्पनीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
कम्पनीका अनुसार ५१ लाख रुपैयाँ संस्थागत सहयोग र सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
कम्पनीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भइरहेका सरकारी तथा अन्य प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न सबै पक्षलाई आग्रह गरेको छ।








प्रतिक्रिया