Logo

Breaking News 1

केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग



काठमाडौं । केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

केडिया परिवारको तर्फबाट समूहले मंगलवार उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले केडिया समूहले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।

पछिल्लो समय बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ९ : ०५ बजे