काठमाडौं । भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटलीका दुई जना छन् । देश नखुलेका तीन जना पनि उद्धार गरिएको बोर्डले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेका पर्यटकको खोजी तथा उद्धार कार्य तीव्र पारिएको ऐरले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी भइरहेको छ ।
ट्रेकिङ कम्पनी, गाइड तथा सुरक्षा निकायले पनि प्रभावित क्षेत्रमा फसेका पर्यटक र स्थानीयको उद्धारमा सहयोग गरिरहेका छन् ।
हराइरहेका व्यक्तिको विवरण संकलन तथा प्रमाणीकरणका लागि पर्यटन बोर्डले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
बोर्डले जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया