Logo

समाचार

चीनतर्फ पहिरोले बनेको ताल फुट्यो, रसुवामा पानीको सतह बढ्दै



काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको सूचना आएको छ । ताल फुटेपछि रसुवामा पानीको सतह बढ्न थालेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना प्राप्त भएको पुष्टि गर्दै नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए ।

“ताल फुटेको भन्ने सूचना आएको छ । पानीको सतह पनि बढ्न थालेको छ । सतर्क रहनुपर्ने अवस्था छ,” परियारले भने ।

उनका अनुसार चीनतर्फबाट तीन दिनसम्म ठूलो वर्षा हुने पूर्वसूचना बिहीबार नै प्राप्त भएको थियो । पछिल्लो समय मौसमसमेत प्रतिकूल रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १२ : ०१ बजे