Logo

मुख्य समाचार

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बस्ने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।

संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेपछि अनुशासन समितिको बैठक बोलाइएको हो।

बैठकमा पछिल्लो राजनीतिक तथा पार्टीगत गतिविधिबारे छलफल हुने बताइएको छ। महाधिवेशन रोक्न सर्वोच्च जाने निर्णयपछि बस्न लागेको बैठकलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ७ : २६ बजे