Logo

खेलकुद

नेपाल युएईविरुद्ध बलिङ गर्दै



काठमााडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्द खेल्दै छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै युएईले सुरुमा ब्याटिङ गरिरहेको छ ।

आज विशेषगरि नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच हालसम्म पाँच ओडीआई खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने युएई तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा पाँच जित र पाँच हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । युएई १७ खेलमा नौ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ३० बजे