Logo

Breaking News 1

लेटाङ घटना: ५ जना पक्राउ, अन्यको खोजी तिव्र



काठमाडौं । एक प्रहरी जवानको ज्यान जाने गरि आइतबार मोरङको लेटाङमा भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार बिहानैदेखि घटनामा संलग्नहरुको खाजी कार्य तिव्र पारेको हो । कर्फ्यू आदेशकैबीच प्रहरीले संलग्नहरुको खाजी तिव्र पारको प्रहरीले जानकारी दिएको छ ।

‘अहिलेसम्म पाँच जनालाई पक्राउ गरिएको छ । अन्यको खोजी तिव्र पारेका छौँ,’ एक प्रहरी अधिकारीले भने ।

लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकको प्रदर्शनलाई रोक्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि एक जना महिला प्रहरीको मृत्यु भएको हो भने २५ जना प्रहरी घाइते भएका छन् ।

७ जना सर्वसाधारण पनि घाइते भएका छन् । आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्। भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ३८ बजे