Logo

राजनीति

कांग्रेस नफुट्ने कान्छाराम तामाङको दाबी 


२८ श्रावण २०८३, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर देउवाको टिम एकजुट रहेको बताए ।

देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस नफुट्ने र पार्टीभित्रको एकता कायम रहने बताएका हुन् । 

उनले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको विचार र विरासत आफूहरूसँगै रहेको दाबी गरे । उनले पार्टीको वास्तविक शक्ति कांग्रेस नै भएको बताए ।

उनले विधानअनुसार विशेष महाधिवेशनका लागि केन्द्रीय समितिले निर्णय गरी पारित गर्नुपर्ने भए पनि त्यसो नभएको दाबी गरे ।

गगन थापाले कांग्रेस सभापतिको पद ‘लुटेर लगेको’ आरोप लगाउँदै तामाङले त्यसलाई विधानसम्मत प्रक्रिया नभएको संकेत गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ३ : ०८ बजे