Logo

समाचार

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ३० बजे