काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ।
कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन् ।
त्यस्तै, तीव्र गतिमा चलाएका १७८, सीसीटीभीमार्फत ८६, वन–वे उल्लंघन गरेका ९९, हर्नको दुरुपयोग गरेका ४२, रेड लाइट उल्लंघन गरेका ३९, मादक पदार्थ सेवन (मापसे) गरेका ३९, अवस्था ठीक नभएका ४१ र लेन मिच्ने ३१ सवारी साधनमाथि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।








प्रतिक्रिया