काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया जारी छ । हाल उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।
राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनपत्र दर्ताका क्रममा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारीका लागि दरखास्त फारम वितरण गरिने बताए ।
दिउँसो १ बजेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने जानकारी दिए । उनले दर्ता भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने बताए । उनले प्रकाशित नामावलीमाथि तोकिएको प्रक्रियाअनुसार दाबी–विरोध गर्न समय दिइने बताए ।
उनले भने, ‘कांग्रेसको १५औँ महाधिवेशनमा १० देखि १ बजेसम्म दरखास्त फारम वितरण गर्ने समय राखेका छौँ । १ बजेपछि दर्ता हुन्छ । त्यसपछि दर्ता भएको नामावली प्रकाशित गछौँ । नामावली अनुसार दाबी—विरोध गर्ने मौका दिएको र त्यसको निर्णय गरिसकेपछि बुधवार विहान अन्तिम नामावली प्रकाशित गर्छौं । त्यसपछि बुधबार दिनभर चुनाव गर्नेछौं ।’
अन्तिम नामावली प्रकाशन भएसँगै भोलि नै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिए ।








प्रतिक्रिया