Logo

Breaking News 1

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन



काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ ।

त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ । विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ ।

कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ ।

सो अवधिमा पहिलो सिफ्ट बिहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ः०० बजेदेखि बेलुकी ९ः०० बजेसम्म सञ्चालन हुनेछ ।

सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १०ः०० बजेदेखि बेलुकी ४ः०० बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  २ : ४४ बजे