Logo

खेलकुद

चेल्सी एफए कपको सेमिफाइनलमा



काठमाडौं । मिडल्सब्रोमाथि २-० को सहज जितसहित इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शनिबार राति एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा म्यानचेस्टर युनाइटेड र टोटनहमलाई हराएको मिडल्सब्रोले थोमस टचेलको टोलीविरुद्ध भने कुनै जादू देखाउन सकेन । १५औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ३१औं मिनेटमा हाकिम जेइचले चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

खेल अवधिभर मिडल्सब्रोले चेल्सीको पोस्टमा एकपटक मात्र आक्रमण गरेको थियो, जुन ८५औं मिनेटमा आएको थियो ।

आइतबार हुने टाइसिट ड्रले चेल्सीको सेमिफाइनल प्रतिद्वन्द्वी निर्धारण हुनेछ । सेमिफाइनलका खेलहरू वेम्बली रंगशालामा १६ र १७ अप्रिलमा हुनेछ । आइतबार हुने क्वार्टरफाइनलका अन्य खेलमा क्रिस्टल प्यालेसले एभर्टन, म्यानचेस्टर सिटीले साउथ ह्याम्पटन र लिभरपुलले नटिङघम फरेस्टको सामना गर्दैछ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : २१ बजे