मेष
सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
वृष
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ।
मिथुन
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
कर्कट
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
सिंह
महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ।
कन्या
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ।
तुला
अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
बृश्चिक
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ।
धनु
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
मकर
आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ।
कुम्भ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ।
मीन
चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ।








प्रतिक्रिया