Logo

Breaking News 1

आफ्नै खुट्टामा उभिएर स्थानीय चुनाव जित्ने हो : प्रचण्ड (भिडियो)




पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन् । प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा गएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्ने बताएका हुन्।

‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ।’ प्रचण्डले भने ‘गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए ।

प्रचण्डले एमसिसीबारे पार्टीभित्र छलफल जारी नै रहेको बताएका छन् । ‘अहिले हामी एक भएर निर्वाचनमा केन्द्रित हुनुपर्छ । देश निर्वाचनमा गइसकेको छ । एमसिसीबारे स्थानीय चुनावपछि फेरि छलफल हुन्छ।’ उनले भने ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : २१ बजे