साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । भक्तजनको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

सनातन हिन्दु परम्पराअनुसार साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा, व्रत, जप, तप तथा दान–पुण्य गर्ने चलन रहिआएको छ । सक्षम घिमिरे, नेपाल न्यूज बैंक











प्रतिक्रिया