मेष
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ।
वृष
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ।
मिथुन
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। सहयोगीहरूले साथ दिन छड्नेछन्। काम बिग्रनाले मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ, सजग रहनुहोला।
सिंह
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ।
कन्या
पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेट हुने समय छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ।
तुला
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ।
बृश्चिक
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। नयाँ आयस्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ।
धनु
विगतका कमजोरीले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।
मकर
आफ्नो क्षेत्रमा प्रभाव बढ्नेछ। काम गरेरै नाम र दाम कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ।
कुम्भ
कामको चाप बढ्नेछ तर बन्दै गरेको काम स्थगित हुन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला। आक्षेप लगाउनेहरूले दुस्ख देलान्। वादविवादले मन खिन्न तुल्याउनेछ।
मीन
प्रियजनसँग हुने भेटघाटले दिन रमाइलो बन्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ।








प्रतिक्रिया