Logo

Breaking News 1

प्युठानमा बस दुर्घटना हुँदा बालिकाको मृत्यु, ३० घाइतेमध्ये अधिकांश गम्भीर



काठमाडौं । प्युठानमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको हो ।

दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएको बताइएको छ ।

बस के कारणले दुर्घटना भयो भन्ने खुल्न नसकेपनि तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : २५ बजे