Logo

समाचार

यस वर्षको ‘हल्ट प्राइज’ पद्मकन्या क्याम्पसमा हुने, उत्कृष्ट हुनेलाई एक लाख अमेरिकी डलर पुरस्कार



काठमाडौंः यस वर्षको ‘हल्ट प्राइज’ पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा हुने भएको छ। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने यस कार्यक्रमका लागि पद्मकन्य क्यम्पसमा बीबीए अध्ययनरत विद्यार्थी सगुन कँडेल ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक समेत छनोट भइसकेकी छिन्।

आयोजकका अनुसार कार्यक्रममा विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिनेछन्। कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रूपमा आयोजना गर्ने गर्छन्।

विद्यार्थीहरूलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन भनिन्छ। त्यसमा उत्कृष्ट हुने विद्यार्थीको समूहले एक लाख अमेरिकी डलर पुरस्कार जित्न सक्नेछ।

कार्यक्रम यही चैत्र ९ गतेका दिन क्याम्पस हाताभित्र सम्पन हुँदैछ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ३३ बजे