Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा पछिका लागि जग बसाउने समय छ। शुभचिन्तकहरूले हौसला जगाउनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।

वृष
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

मिथुन
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ।

कर्कट
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।

सिंह
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्।

कन्या
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।

तुला
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ।

बृश्चिक
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

धनु
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ।

मकर
सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।

कुम्भ
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

मीन
अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ। ्

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ५ : ५९ बजे