Logo

राजनीति

गृहमा सुधन गुरुङ, नवप्रवर्तनमा महावीर पुन नियुक्त; शपथका लागि शितलनिवास पुगे



काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री शाहले गृह मन्त्रालयको जिम्मेवारी पुनः सुधन गुरुङलाई तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनलाई दिने निर्णय गर्दै नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

प्रधानमन्त्रीको सिफारिसअनुसार नियुक्त भएका गुरुङ र पुन पद तथा गोपनीयताको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।

मन्त्रिपरिषद् विस्तारसँगै सरकारले गृह प्रशासन तथा नवप्रवर्तन क्षेत्रको नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको हो। शपथ ग्रहणपछि दुवै मन्त्रीले आ–आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ४ : ४९ बजे