Logo

मुख्य समाचार

सर्वदलीय बैठक सरकारले बोलाउनुपर्ने हर्क साम्पाङको भनाइ



काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्वदलीय बैठक सरकारको पहलमा बोलाइनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

साम्पाङले फेसबुकमा लेख्दै सर्वदलीय बैठक कुनै एक राजनीतिक दल वा नेताले नभई सरकारले नै बोलाउनुपर्ने बताएका छन्। “बैठक रविजीले होइन, सरकारले बोलाउनुपर्थ्यो,” उनले उल्लेख गरेका छन्।

सोमबार बसेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि श्रम संस्कृति पार्टीका तर्फबाट भने कुनै प्रतिनिधि सहभागी भएनन्।

बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १२ : ४२ बजे