काठमाडौं — सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि सोमबार सर्वोच्च अदालतमा फर्किएकी छन्।
प्रधान मल्लले सोमबारदेखि नियमित रूपमा मुद्दाको सुनुवाइ सुरु गरेकी हुन्। प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि उनी जेठ ६ गतेदेखि बिदामा बसेकी थिइन्। उनले आफ्नै निवेदनमा बिदा स्वीकृत गराएकी थिइन्।
सर्वोच्च अदालतले सोमबारका लागि प्रधान मल्ललाई एकल इजलास तथा न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा जिम्मेवारी तोकेको छ। बिदा अवधि समाप्त भएपछि उनी नियमित न्यायिक कार्यमा फर्किएकी हुन्।
प्रधान मल्लको पुनरागमनसँगै उनले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ तथा अन्य न्यायिक जिम्मेवारी सम्हाल्न थालेकी छन्।








प्रतिक्रिया