Logo

राजनीति

सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ । १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : ५८ बजे