दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । संगठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका १० मध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ ।
अधिवेशनअन्तर्गत व्यास नगर समितिमा चूडामणि दाहाल, भिमाद नगर समितिमा उत्तम सुवेशी, भानु नगर समितिमा विष्णु पोख्रेल, देवघाट गाउँ समितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँ समितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का र म्याग्दे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन भएका छन् । अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी छ ।
रास्वपाले आउँदो असार ७ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसअन्तर्गत देशभर संगठन सुदृढीकरण अभियान चलिरहेको छ । तनहुँमा पनि सोही अभियानअन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा संगठन पुनर्संरचनाको काम भइरहेको रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिए ।








प्रतिक्रिया