Logo

Breaking News 1

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको जनाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमको जनाएकाे हाे ।

निगमले पेट्रोलको पहिलो वर्गको मूल्य २१४।५० र दोस्रो वर्गको मूल्य २१६ र तेस्रो वर्गको मूल्य २१७ रहेको बताएको छ ।

यस्तै, डिजेल तथा मट्टितेलको पहिलो वर्गको २२२।५० रुपैयाँ र दोस्रो वर्गको २२४ र तेस्रो वर्गको २२५ रहेको बताएको छ ।

हवाई इन्धनको आन्तरिकतर्फ २६९ रुपैयाँ रहेको जनाएको छ । एलपी ग्यासको १४।२ केजीको मूल्य २१६० रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ६ : ०२ बजे