Logo

Breaking News 1

भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य



काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीन विरुद्ध आक्रामक ब्याटिङ गर्दै चीनलाई ३१४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरको उत्कृट पारी खेल्दै चीन विरुद्ध विशाल योगफल तयार गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै सनसनीपुर्ण सुरुवात दिलाएका थिए । उनले ४३ बलमा १२९ रन बनाउन सफल भए ।

भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । खेलमा कुशल मल्लले ४७ बलमा ८५ रन र रोहीत पौडेलले २१ बलमा ६९ रन बनाउन सफल भए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : १४ बजे